सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन ! | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन !

gold 33 kg

काठमाडौं, ७ साउन । सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ ।

सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसान्तमा सकिएको छ ।

चार महिनासम्म चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरणमा अनुसन्धान टोली टुंगोमा नपुगी विश्राम लिन पुगेको छ । अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् ।

प्रहरीले हरेक साताजस्तो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्टि हुन्छ । विगत दुई साता अवधिमा त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले तीन किलोभन्दा बढी सुन बरामद गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);