टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने ! | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !

tv

काठमाडौं, ७ साउन । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ ।

विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको छ ।,

राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको हो । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);