काठमाडौं, ६ साउन । नेपाल तरुणका अध्यक्ष जितजंग बस्नेतसहितका नेता, कार्यकर्तामाथि प्रहरीले कुटपीट गरेको विरोधमा आईतबार पनि बिरोध प्रर्दशन भएको छ ।
वरिष्ठ चिकित्सक डा .गोविन्द केसीको समर्थनमा शनिबार गरिएको प्रर्दशनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा अध्यक्ष बस्नेतसहितका नेता, कार्यकर्तामाथि प्रहरीको दमन भएको भन्दै आईतबार दिउँसो जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विरोध प्रर्दशन गरिएको हो ।
प्रदर्शनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका छन् ।