काठमाडौं, ६ साउन । शैक्षिक परामर्श संघको आयोजनामा काठमाडौंको भृकटी मण्डपमा सञ्चालित चारदिने शैक्षिक मेला आइतबार समापन भएको छ । विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको शैक्षिक मेलामा विद्यार्थी र अविभावकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
मेलामा अमेरिका, अष्ट्रेलीया, न्युजील्याण्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्क लगायतका मुलुकहरु तथा छिमेकी राष्ट्र भारत र चिनका विभिन्न विश्वविद्यालय तथा कलेजका २ सय २६ स्टल रहेका थिए । एकै स्थानबाट विश्वका विभिन्न मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी पाउँदा विद्यार्थी र अविभावक खुशी भएको आयोजकको दाबी छ ।