कांग्रेसले सरकारको शसक्त प्रतिकार गर्ने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

कांग्रेसले सरकारको शसक्त प्रतिकार गर्ने

nepali congress

काठमाडौं, ५ साउन । सरकारले नागरिक अधिकार नै कुण्ठित गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शसक्त प्रतिकार गर्ने बताएको छ ।

सार्वजनिक महत्वका मुद्दामा सरकारलाई सचेत गराउन भेला तथा प्रर्दशन गर्न पाउने संविधानले दिएको अधिकार खोस्ने काम भएको भन्दै कांग्रेसले त्यसविरुद्ध शसक्त प्रतिकार गर्ने बताएको हो । सानेपास्थित पार्टी कार्यालयमा सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिनायकवाद उन्मुख सरकारी शैलीको एकिकृत र शसक्त ढंगले प्रतिकार गर्ने बताए ।

प्रतिपक्षीको विरोधका कारण संसद बैठक नै ८ दिन पछि सार्नु र शान्तिपूर्ण प्रर्दशनमा प्रहरी दमन गर्ने घटनाले सरकार अधिनायकवाद उन्मुख हुँदै गएको संकेत दिएको उनको टिप्पणी छ ।

डाक्टर केसीको माग पूरा गर्नुको साटो सरकारले डाक्टर केसीलाई नै अधिनायक करार गरेको भन्दै उनले आपत्ती जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);