तरुण दलले मुलुकभर आन्दोलन चर्काउने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

तरुण दलले मुलुकभर आन्दोलन चर्काउने

काठमाडौं, ५ साउन । तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ । शनिबार काठमाडौंको वानेश्वरमा भएको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि कुटपिटमा उत्रिएको भन्दै तरुण दलले त्यसको विरोधमा आईतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने भएको हो ।

नयाँवानेश्वर झडपमा घाईते भएकालाई भेट्न सिभिल अस्पताल पुगेका तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध आन्दोलन चर्काउने बताए । दुई तिहाईको दम्भमा सरकारले शान्तिपुर्ण प्रर्दशनमा प्रहरी लगाएर दमन गरेको भन्दै उनले त्यस विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

अस्पतालमा उपचाररत घाईतेहरुले जनताको आवाज दवाउन ओली सरकार प्रयत्नरत रहेको भन्दै त्यसको शसक्त प्रतिकार गर्ने बताए ।

घाईते तरुण दल कामाडौं निर्वाचन क्षेत्र नम्बर ९ का अध्यक्ष अमिर खड्काका अनुसार, अध्यक्ष जीतजंग बस्नेत सहति १ सय ५० बढी घाईतेले सिभिल अस्पतालमा उपचार गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);