कञ्चनपुर, ५ साउन । कञ्चनपुरको पुनर्बास नगरपालिकामा ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । पुनर्वास नगरपालिका वडा नम्बर ६ र ४ अन्तर्गत पर्ने नमुना महिला समुदायिक बनमा दलित समुदायकी ८ वर्षीय बालिका बलात्कृत भएकी हुन् ।
पीडित बालिकाका आफन्तका अनुसार पुनर्बास ३ का पेट्रोल पम्प व्यवसायी २४ वर्षीय शलिम अन्सारीले बालिकालाई घर पुर्याइदिने भन्दै मोटरसाइकल राखेर जंगलतिर लगेका थिए ।
अन्सारीलाई प्रहरीले शुक्रबार साँझ नै पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी सहायक निरीक्षक गणेश खडायतले जानकारी दिए ।
बालिकालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल पठाइएको छ । पीडित बालिकाका आफन्तले अन्सारी दोषी रहेको दाबी गर्दै कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।