साना कुरालाई ठूलो बनाउन खोजेर पार लाग्दैन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

साना कुरालाई ठूलो बनाउन खोजेर पार लाग्दैन : प्रम ओली

kp oli pm

काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ननइस्यु लाई इस्यु बनाउन खोजेर पार नलाग्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयलको ५९ आैँ बार्षिक दिवसको सन्र्दभमा शनिबार किर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा सडक र सदन संघर्षका कार्यक्रम घोषणा गर्दै गर्दा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो । उनले भने “साना तिना कुरामा अलमलिने वा नन इस्युलाई इस्यु बनाउन खोजर पनि पार लाग्दैन । वेस्ट अफ टाईम । समयको वरवादी गर्छ । साह्रै दामी समयमा हामी छौ । अत्यन्तै मुल्यवान समयलाई खेर जान दिँदैनौ ।” आफुमाथि विभिन्न आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले भने “मेरा भनाईहरु अनवरत यिनै हुन् । यस्तै हुन् । ”

लक्ष विनाको योजना सफल नहुने भन्दै उनले क्षेत्रगत अध्ययन अनुसन्धान र विश्लेषण सहितको योजनावद्ध विकासमा लाग्नुपर्ने बताए । उनले भने “विद्यार्थी कति आउँछन् भनेर एउटा किराना पसल थाप्नु र क्याम्पस स्थापना गर्नु उस्ता उस्तै हो ।” प्रधानमन्त्री ओलीले दक्ष र सक्षम जनशक्ति तयार गरी निर्दृष्ट लक्ष सहित योजनावद्ध विकासमा लाग्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);