सतर्कता केन्द्र नै अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

सतर्कता केन्द्र नै अस्तव्यस्त

satarkata kendra

काठमाडौं, ५ साउन । पर्याप्त मात्रामा कार्यालयको भवन नहुँदा र आफ्ना लागि बनाइएको भवन पनि अर्कैले प्रयोग गर्न थालेपछि सिंहदरबारभित्र रहेको राष्ट्रिय सतर्कता केन्द्र नै अलमलमा परेको छ । केन्द्र अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा रहेको छ ।

केन्द्रका लागि बनाइएको भवनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बसिदिएपछि केन्द्र पुरानै समस्याले ग्रसित छ । प्रशासन तथा योजना शाखाका अधिकृत नारायण दाहालले केन्द्रको प्रमुख समस्या नै आफ्नो भवन नहुनु र साँघुरो कोठामा खुम्चिएर बस्नु परेको बताए । ‘मुख्य समस्या भनेको नै भवन हो, अस्तव्यस्त कार्यालय भएकाले पनि भनेजस्तो काम गर्न सकिएको छैन’, दाहालले भने– ‘आफ्नै भवन भए काम गर्न सजिलो हुन्थ्यो तर कसैले पनि चासो देखाइदिएनन् ।’ अहिले राष्ट्रिय योजना आयोग रहेको भवनसँगै केन्द्रका लागि भनेर नयाँ भवन बनाइएको थियो ।

केन्द्रमा ४ महाशाखा र १३ वटा शाखा छन् । सतर्कतालाई सघाउन प्रहरीको पनि कार्यालय स्थापना गरिएको छ । केन्द्रमा प्रहरी व्यवस्थापन महाशाखा, प्रशासन तथा अनुगमन महाशाखा, नीति निर्माण महाशाखा, प्राविधिक परीक्षण तथा अनुगमन महाशाखा रहेका छन् । केन्द्रमा ८३ कर्मचारी स्थायीसहित १ सय ४७ कर्मचारीको दरबन्दी छ ।

गुणस्तरको मापन गर्न चाहिने प्राविधिकको संख्या नै कम छ । प्रशासनले २० जना प्राविधिक भएको जनाए पनि महाशाखाले भने १३ जनाले मात्र काम गर्दै आएको जनाएको छ । प्रशासनका उपसचिवको दरबन्दी ४ भए पनि २ पद रिक्त छ भने १ जना काजमा बाहिर भएकाले १ जनाकै भरमा प्रशासन चल्न बाध्य छ, यो आर्थिक वर्षबाट उपसचिवको दरबन्दी ५ जना हुनेछन् ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);