काठमाडौं, ३ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन इन्जिनियरहरुलाई कडा निर्देशन दिएका छन् ।
मन्त्री महासेठले मुलुकको समृद्धिको अभियानमा सरकारलाई साथ दिन पनि इन्जिनियरहरुलाई सचेत गराए । ५६ औं इन्जिनियर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विकास, निर्माणको काममा कमीकमजोरी भए सरकारलाई सच्याउने दायित्व पनि इन्जिनियरहरुको भएको स्पष्ट पारे ।
मन्त्री महासेठले विकास, निर्माणको काम गुणस्तरीय नहुनुमा सार्वजनिक खरिद ऐनको पनि कमजोरी रहेको स्विकार गर्दै सच्याउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले ठेकेदारहरुले गुणस्तरीय काम गरे/नगरेको अनुगमन गर्ने काममा सक्रिय रहन पनि इन्जिनियरहरुलाई आग्रह गरे ।