इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघको प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघको प्रर्दशन

nabisang

काठमाडौं, २ साउन । सरकारले इन्टरनेट सेवा शुल्क बढाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले विरोध प्रर्दशन सुरु गरेको छ ।

नेपाल विद्यार्थी संघले इन्टरनेट सेवा शुल्क १३ प्रतिशत पु-याएको भन्दै बुधबार दिउँसो कमलादीस्थित नेपाल दुरसंचार प्राधिकरण कार्यालय परिसरमा धर्नासहितको विरोध प्रर्दशन गरेको हो । त्यस क्रममा संघले तत्काल बढाइएको सेवा शुल्क फिर्ता नगरे सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने चेतावनी दिएको छ ।

सरकारले विद्यार्थीहरुलाई झनै मारमा पार्नेगरी इन्टरनेट सेवा शुक्ल १३ प्रतिशत पु-याएपछि त्यसको विरोध स्वरुप धर्नासहितको कार्यक्रम सुरु गरिएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

संघले इन्टरनेटमा बढाएको सेवा शुल्क तत्काल घटाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरेको छ । अध्यक्ष महरले सूचनामाथि प्रतिबन्ध लगाउने खालका गतिविधिमा संलग्न नहुन पनि सरकारलाई चेतावनी दिए ।