सुठौली छोटी भन्सारको स्तरवृद्धिपछि सर्वसाधारण र व्यापारी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

सुठौली छोटी भन्सारको स्तरवृद्धिपछि सर्वसाधारण र व्यापारी उत्साहित

xoti vansar

शम्भु माली,
कपिलवस्तु, २ साउन । कपिलवस्तुको सुठौली छोटी भन्सारलाई ठुलो भन्सार नाकामा स्तरवृद्धि गरेपछि सर्वसाधारण र व्यापारी उत्साहित भएका छन । स्तरवृद्धिपछि राजश्व संकलन बढ्नका साथै राजश्व चुहावट नियन्त्रण हुने अपेक्षा छ ।

सरकारले अर्थ मन्त्रालयको सिफारिसमा कपिलवस्तुको सुठौली छोटी भन्सारलाई ठुलो भन्सार नाकामा स्तरवृद्धि गरेपछि सो क्षेत्रका सर्वसाधारण र व्यापारी उत्साहित भएका हुन् । पुरानो नाका भएर पनि स्तरोन्नति नहुँदा ओझेलमा परेको थियो । नाका स्तरोन्नति भएपछि राजश्व संकलन बढ्ने सरोकारवालाले बताएका छन् ।

सो नाकाबाट नेपाल भारत समान आयात निर्यात हुने गरेको छ । विशेषगरि मेसिनरी सामग्री, फलफूल क्लिंकरलगायतका सामग्री आयात हुने गरेको छ । सुठौली छोटी भन्सारलाई ठुलो भन्सार नाकामा स्तरवृद्धि गरेपछि राजश्व चुहावट नियन्त्रण हुने अपेक्षा छ । अहिले दैनिक १० देखि १५ लाख राजस्व संकलन हुने गरेकामा मुल भन्सार भएपछि दैनिक दुई करोडसम्म राजस्व संकलन गर्ने लक्ष्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);