काठमाडौं, ३२ असार । ३२ वटा राष्ट्रको सहभागिता, ६४ वटा खेल र एक महिना लामो रुसी विश्वकपको प्रतियोगिता जुलाई १५ बाट सकिएको छ । विश्वमै सर्वाधिक लोकप्रिय र रुचाइने विश्वकप प्रतियोगिताको यात्रा हिजो भएको फाइनल खेलमा फ्रान्सको जितसँगै टुंगिएको हो ।
रुसी विश्वकप अन्तर्गत अघिल्ला चरणहरुमा रक्षा पंक्तिलाई बढि ध्यान दिने क्रोएशिया हिजो केही हदसम्म आक्रामक देखियो । खेलको अधिकांश समय बलमा पकड राखेको क्रोएशिया फिनिसिङमा चुकेको थियो ।
क्रोएशियाका मान्जुकिचले १८ औँ मिनेटमा गरेको आत्मघाती गोल र खेलको ३६औँ मिनेट अनावश्यक रुपमा डिब क्सभित्र पेरिसिचले गरेको ह्याण्डबलले फ्रान्सलाई प्रत्यक्ष फाइदा पुगेको थियो । पहिलो हाफ २–१ को गोलन्तरसँगै टुँगिएको थियो । दोस्रो हाफमा पनि क्रोएशिएन टिमले अट्याकिङ रणनीति अपनाएको थियो ।
फलस्वरुप फितलो डिफेन्सीङ पक्षको फाइदा उठाउँदै पोग्बा र एम्बापेले अग्रतालाई तेब्बर बनाएका थिए । खेलको ६९ औँ मिनेटमा माञ्जुकिचले फ्रान्सका कप्तान समेत रहेका गोल किपर हिउगो लोरिस गल्तिबाट फाइदा उठाउँदै गोलअन्तर घटाउन सफल भए ।
पेरिसिच, माञ्जुकिच, भिदाले दोस्रो हाफमा केही उत्कृष्ट गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न चुकेका थिए । फलस्वरुप विश्वभर विश्वकप हेरिरहेका मध्य ७५ प्रतिशत समर्थन जनाएको क्रोएशियाली टिमले पराजय बेहोर्दै दोस्रो स्थानमा चित्त बुझाउन पर्यो । फ्रान्सले विश्वकपको उपाधी सहित ४ अर्ब नगद राशी प्राप्त गर्यो ।
विश्वकपमा अर्को ठुलो उपाधी अर्थात् गोल्डेन बुट रुसी विश्वकपका सर्वाधिक ६ गोल कर्ता इंग्ल्याण्डका कप्तान हेरी केनले उचाले । गोल्डेनबल भने उत्कृष्ट पेसमेकर र आफै गोल गर्दै क्रोएशियालाई फाइनलसम्म पुर्याएका क्रोएशिएन कप्तान लुका मोड्रिचले पाए ।
विश्वकपमा पेलेको उत्तराधिकारीको नाम पाएका फ्रान्सका केलिएन एम्बाप्पेले बेष्ट योङ प्लेएरको उपाधी चुमे । उनले रुसी विश्वकपका खेलहरुमा मा ४ गोल गरेका थिए र बेल्जियमको खेलमा उत्कृष्ट बचाउ गरेका थिबाउट कोर्टवास गोल्डेन बलको भागेदार बन्न सफल भए ।