पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्किनासाथ छोरी मरियमसँगै पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्किनासाथ छोरी मरियमसँगै पक्राउ

pakrau

एजेन्सी, ३० असार । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्किनासाथ पक्राउ परेका छन् ।

लण्डनबाट अवुधावी हुँदै स्वदेश फर्किएका पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ छोरी मरियमसँगै गएराति लाहोर विमानस्थलबाट पक्राउ परेका हुन् । विमानस्थलमा उत्रिनासाथ भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी (एनएबी) का अधिकारीहरूले शरिफ र उनकी छोरीलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शरिफले कार चढेर जान अस्वीकार गरेपछि दुवैजनालाई विमानमार्फत रावलपिण्डीस्थित अडियाला जेल लगिएको छ । सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइ जेल पठाउन पाउने आदेश लिएका थिए । भ्रष्टाचारसम्बन्धी मुद्दामा केही दिन पहिले शरिफलाई १० वर्ष र मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । अदालतले सजाय सुनाउने बेला शरिफ श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);