एजेन्सी । भारत र चीनको जनसंख्या मिलायो भने साढे दुई अर्ब भन्दा बढी हुन्छ । यसमा पाकिस्तानको २० करोड जनसंख्या पनि जोड्ने हो भने त विश्वकै जनसंख्याको ४० प्रतिशत भन्दा धेरै जनसंख्या त यी तीन देशमा छ । यी तीनै देश परमाणु शक्ति सम्पन्न छन् र तीन देशबीच युद्धको बेलाबेलामा अवस्था आइरहेको पाइन्छ । यदि यी तीन देश कुनै अवस्थामा परमाणु युद्ध गर्न थाले भने विश्वको करिब ४० प्रतिशत मानिस खतरामा पर्न सक्छन्।
विशेषज्ञ भन्छन्, भारत–चीनबीचको युद्धमा शायद पाकिस्तान तटस्थ रहँदैन। यस्तोमा उसको भूमिका महत्वपूर्ण हुन सक्छ । भारत र चीन आफ्नो परमाणु सिद्धान्त अनुसार परमाणु हतियार पहिले प्रयोग नगर्ने नीतिको पालना गर्नेछन् । यसको मतलव युद्धको समयमा यदि एक देशले परमाणु हतियारको प्रयोग गर्यो भने अर्को देशले पनि गर्नेछ। यद्यपि गत वर्ष नेभेम्वरमा भारतका तत्कालीन रक्षा मन्त्री मनोहर पर्रिकरले भारतले परमाणु हतियारको मामिलामा ‘नो फस्र्ट युज’ नीतिमाथि विचार गर्नुपर्ने बताएका थिए।
बिश्वका विभिन्न देशसँग भएको परमाणु हतियार
पर्रिरकरले भारत एक जिम्मेवार परमाणु शक्ति सम्पन्न देश भएको र यसको गैरजिम्मेवारीपूर्वक प्रयोग नहुने बताएका थिए । यद्यपि उनले यो आफ्नो व्यक्तिगत राय भएको बताएका थिए । अहिलेसम्म भारतको परमाणु नीतिमा कुनै परिवर्तन आएको छैन । पर्रिकरको यो भनाई पाकिस्तानसँग बढ्दै गएको तनावको समयमा सार्वजनिक भएको थियो।
यो वर्ष १६ जुनदेखि भारत र चीनबीच भुटानमा डोकलाम सीमानामा विवाद चलिरहेको छ । चीनको सरकारी मिडियामा युद्धको जस्तै धम्की दिइराखिएको छ । भारतले डिसेम्बर २०१६ मा अग्नी–भी इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परिक्षण गरेको थियो । यो मिसाइलले ५,५०० देखि ५,८०० किलोमिटर टाढासम्म हान्न सक्छ। यसको तौल ५० हजार किलो, लम्बाइ १६.५ मिटर छ।
यो मिसाइलमा परमाणु हतियार लैजाने क्षमता छ र चीनका कैयौं शहर सजिलै निशानामा पर्न सक्छ । चीनसँग पनि पहिले यस्तै प्रकारको मिसाइल थियो। दुई देशबीच अहिले जुन प्रकारको कठोरता छ र जुन प्रकारको खतरनाक हतियार छ त्यस्तोमा युद्धको अन्दाज गर्न सकिन्छ । फेडेरेशन अफ अमेरिकनको रिपोर्ट अनुसार शीत युद्धपश्चात परमाणु हतियारको संख्यामा धेरै गिरावट आएको छ। रिपोर्टका अनुसार १९८६ मा विश्वभरि करिब ७० हजार तीन सय परमाणु हतियार थियो । जुन २०१७ को सुरुवातमा १४ हजार ९ सय मात्रै छ।
सरकार वर्तमान हतियार नियन्त्रण सम्झौताको आधारमा संख्या बताउँछ । १९९० को दशकमा यी हतियारको संख्यामा गिरावट आयो । शीत युद्ध सकिएपछि भलै परमाणु हतियारको संख्यामा कमी आयो तर १४ हजार नौ सय ३० परमाणु हतियार कम हैन । करिब नौ हजार चार सय हतियार विश्वमा छ । यसको साथै तीन हजार नौ सयभन्दा धेरै परमाणु हतियार सेनाको साथ तैनाथ छ । अमेरिका, रुस, ब्रिटेन र फ्रान्ससँग रहेको एक हजार आठ सय परमाणु हतियार हाइ अलर्टमा छ । जुन एउटा सानो सूचनाको आधारमा ध्वस्त पार्नका लागि तयार छ।
विश्वभरिको कुल हतियारको ९३ प्रतिशत हतियार रुस र अमेरिकासँग छ । रुस र अमेरिका दुवैसँग चार हजार देखि चार हजार पाँच सय परमाणु हतियार
रहको छ । फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट (एफएएस)को रिपोर्ट अनुसार अमेरिका, रुस र ब्रिटेन आफ्नो परमाणु हतियार कम गर्दैछन् । तर, पछिल्लो २५ वर्षको तुलनामा संख्यामा कटौतीको गति धेरै सुस्त गतिमा छ।
फ्रान्स र इजरायलसँग रहेको परमाणु हतियारको संख्या लगभग स्थिर छ । रिपोर्टका अनुसार चीन, पाकिस्तान, उत्तर कोरिया र भारत परमाणु हतियारको संख्या बढाइरहेका छन् । एफएएसको रिपोर्टमा भनिएको छ, ‘सबै परमाणु शक्ति सम्पन्न देश आफ्नो हतियारको आधुनिकिकरण गरिरहेका छन् । यी देश आफ्नो अनिश्चित भविष्यका लागि यी हतियार जम्मा गरेको तर्क गर्छन्।’
वास्तवमा कुन देशसँग कति परमाणु हतियार छ रु यो धेरै गाप्य छ। एफएएसका अनुसार गोपनियता हुँदाहुँदै सतर्कतापूर्वक ऐतिहासिक रेकर्ड, समय–समयमा लिक भएको सुचना र अनुमानको आधारमा विश्लेषण गरेर संख्या बताएको छ। विशेषज्ञका अनुसार यदि चीन र भारतको बीच युद्ध भयो भने आधुनिक युद्ध हुनेछ । यो यद्ध जमिनबाट मात्रै हुनेछैन, पानी र आकाशमा पनि हुनेछ। हावामा मिसाइल र लडाकु विमानबाट हमला गरिनेछ। कैयौं विशेषज्ञका अनुसार समुन्द्रमा भारतको प्रभुत्व रहेको छ र त्यहाँबाट चीनको अर्थव्यवस्थामाथि चोट पु-याउन सक्छ। पानीमा भारत आफ्नो भौगोलिक अवस्थाका कारण बलियो छ।
आम्र्स कन्ट्रोल एशोशिएसनका अनुसार विश्वेको नौ देश ९अमेरिका, रुस, ब्रिटेन, फ्रान्स, इजरायल, पाकिस्तान, भारत, चीन र उत्तर कोरिया०सँग परमाणु हतियार छ। अमेरिका पहिलो देश हो जसले परमाणु हतियार पहिलो पटक विकसित गरेको थियो । १९४५ मा दोस्रो विश्वयुद्ध चल्दै गर्दा जापानको हिरोसिमा र नागासाकीमा उसले यसको प्रयोग गरेको थियो।
यस पश्चात विश्वभरि नै हतियारको होडबाजी सुरु भएको थियो । यही होड मुख्य रुपमा अमेरिका र सोभियत युनियनबीच धेरै गहिरो रह्यो । आज यी दुई देशसँग सबैभन्दा धेरै खतरनाक हतियार रहेको छ । क्युबामा भएको मिसाइल संकटको समयमा युद्धको आशंका प्रबल थियो । यसको आठ वर्षपछि परमाणु अप्रसार सन्धि लागु भयो।
यस सन्धिका अुनसार संयुक्त राष्ट्रसंघमा सुरक्षा परिषदका पाँच सदस्य अमेरिका, चीन, फ्रान्स, ब्रिटेन र रुसको परमाणु शक्ति सम्पन्न देश मानिन्छ। विश्वमा पाँच देश बाहेक अन्य देश परमाणु हतियार विकास गर्न सक्दैनन्। इजरायल, भारत र पाकिस्तानले एनपीटीमा हस्ताक्षर गरेका छैनन्। यद्यपि इजराजय आफैं आधिकारिक रुपमा परमाणु शक्ति सम्पन्न देश बताउन चाहँदैन। बताइन्छ, इजरायसँग कम्तीमा पनि ८० परमाणु हतियार छ । उत्तर कोरियाले एनपीटीमा हस्ताक्षर गरेको थियो, तर उसले आफूलाई २००४ मा यसबाट अलग गरेको थियो। बीबीसी