कोल्ड ड्रिंस स्लाइसमा भेटियो लेउ र कीरा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

कोल्ड ड्रिंस स्लाइसमा भेटियो लेउ र कीरा (भिडियो सहित)

slice

काठमाडौं, २९ असार । ललितपुरको सातदोबाटोस्थीत रिङ रोड छेवैमा रहेको एउटा किराना पसलमा मंगलबार बिहान स्लाईस नामक पेय पदार्थमा घिनलाग्दो फोहोर भेटियो । माउन्टेन टेलिभिजनको मिसन न्युज क्रियुले दिएको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्टोरमा छापा मार्दा १६ बोटल स्लाइस लेदोयुक्त भेटियो ।

अखाद्य पदार्थ रहेको भनिएको १६ बोटलमध्ये विभागले परीक्षणका लागि दुई बोटल लगेको छ । बाँकी १४ बोटल सुरक्षित राख्न स्टोरलाई विभागले पत्र थमाएको छ । विभागले भने अनुसार ल्याबमा उक्त पेय पदार्थ पठाइने छ । र त्यसको रिपोर्ट अनुसार दोषीलाई कार्बाहीको प्रक्रिया अघि बढ्छ ।

विषादीयुक्त खाद्य पदार्थ उपभोग गर्न जनतालाई विवश पार्ने, विरामी भएर अस्पतालको चौघेरामा मानिसलाई सिमित पार्ने । आम जनता यसरी नै पिडित बनिरहनु पर्ने नियती, आँखीर कहिलेसम्म ? यस विषयमा तयार पारिएको कार्यक्रम ‘मिसन न्युज’को पुरा अंश हेर्नुहोस :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);