८० जना न्यायाधीशको पद जोखिममा | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

८० जना न्यायाधीशको पद जोखिममा

nayadhis post

काठमाडौं, २९ असार । उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको छ ।

ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनःन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश समक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो ।

सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा गर्न नमिल्ने बताउँदै पछि फैसला जस्तो पनि आउन सक्ने टिप्पणी गरे । ती न्यायाधीशहरूको नियुक्ति बदर हुनसक्ने र हुन नसक्ने दुवै सम्भावना रहेको तर्क गर्दै भने, ‘यथास्थितिमा रहेको यो मूद्दाको हार जीत जे पनि हुन सक्छ, यस अर्थमा उहाँहरूको पद संकटमा पर्न पनि सक्छ ।’आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।