संसद् अवरुद्धपछि सुनुवाइ समिति घोषणा हुन मात्रै बाँकी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

काठमाडौं, २४ असार । संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम दलहरूले सिफारिस गरे पनि संसद् अवरुद्ध भएपछि घोषणा हुन सकेको छैन ।

कांग्रेसले विषयगत समितिमा रहने सदस्यको नाम नदिए पनि सुनुवाइ समितिमा भने तीन जनाको नाम सिफारिस गरिसकेको छ। राष्ट्रिय सभाले शुक्रबार नै तीन जनाको नाम घोषणा गरिसकेको छ। त्यसमा सुमनराज प्याकुरेल, जितेन्द्रनारायण देव र नन्दा चपाईं छन्। प्रतिनिधिसभाबाट समितिमा नेपाल कम्युनिस्ट पार्टीका ७, कांग्रेसका ३, फोरमका १ र राजपाका १ जना रहनेछन्। सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ जना सदस्य रहने व्यवस्था छ।

संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाबाट समितिमा नेकपाका तर्फबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई, पूर्णाकुमारी सुवेदी, अमृता थापा, निरु पाल, पार्वत गुरुङ, शिवकुमार मण्डललाई सिफारिस गरिएको छ। कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्की, भिमसेनदास प्रधान र पुष्पा भुसालको नाम संसदीय सुनुवाइ समितिका लागि सिफारिस गरेको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।