ट्रिपर दुर्घटनामा परी २० जनाको मृत्यु हुँदा रोल्पाको थवाङ र सुनछहारी शोकमग्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

ट्रिपर दुर्घटनामा परी २० जनाको मृत्यु हुँदा रोल्पाको थवाङ र सुनछहारी शोकमग्न

काठमाडौं, २३ असार । मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटनापछि रोल्पाको थवाङ र सुन छहरीमा शोक छाएको छ ।

ट्रिपर दुर्घटनामा ज्यान गुमाएका २० मध्ये ९ जना थवाङ र सुनछहरीका भएकाले ती दुई गाउँमा शोक छाएको हो । थवाङ गाउँपालिकाका २८ वर्षीय सुकमान रोका, ३६ वर्षीय मौसम घर्ती, ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना रोका, २३ वर्षीय रास्त्रे रोका, २३ वर्षीया जीतकुमारी पुन र ११ वर्षीय महेश रोका तथा सुनछहरी गाउँपालिकाका ३२ वर्षीया सुन्तु घर्ती र वर्षीय राजकुमार पुनको दुर्घटनामा परी मृत्यु भएको थियो ।

उनीहरु रोजगारीका सिलसिलामा सडक निर्माणका लागि मुस्ताङ पुगेका थिए । दुर्घटनामा नौ गाउँवासीको मृत्युपछि थवाङ र सुनछहारीमा सन्नाटा छाएको छ । दुर्घटनामा परी ज्यान गुमाएकामध्ये ५ जना दाङका हुन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई हेलिकप्टरबाट पोखरा ल्याएर उपचार गराइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);