काठमाडौं, २२ असार । राष्ट्रिय जनता पार्टी नेपालमा महाधिवेशनपछि अध्यक्ष मण्डल हटाउने प्रस्ताव आएको छ ।
राजनीतिक समितिको काठमाडौंमा जारी बैठकमा अध्यक्ष मण्डल हटाउने प्रस्ताव आएको हो । बैठकमा पेश गरिएको पार्टीको विधानको मस्यौदामा महाधिवेशनपछि अध्यक्ष मण्डलको साटो अध्यक्ष मात्र राख्न प्रस्ताव गरिएको छ । मधेस केन्द्रित ६ दल मिलेर गठन गरिएको राजपामा अहिले छ सदस्यीय अध्यक्ष मण्डल छ ।
विधान मस्यौदा समितिका सदस्य वृषेशचन्द्र लालले पेश गरेको विधानको मस्यौदामाथि राजपामा छलफल जारी छ । राजनीतिक समितिको बैठक आज पनि बोलाइएको छ ।