भद्र र रुपसी चीन जाने साइत जुर्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

भद्र र रुपसी चीन जाने साइत जुर्यो

rhino chaina

चितवन, २२ असार । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् ।

तिनीहरुलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा)मा राखिएको छ । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो । नेपाल सरकारले ती केटाको नामकरण पनि गरिसकेको छ । चीन पाठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रुपसीको जोडी जानेछ ।

समाचार अनुसार, यस जोडीलाई जुलाई १२ ९असार २८० मा चीन पठाइने छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।