कैलाली, २१ असार । कैलालीको धनगढी उप–महानगरपालिकाको मुख्य सडक अन्तर्गत सेती अञ्चल अस्पताल अगाडीको नाली बीस बर्षपछि सफा गर्न सुरु गरिएको छ ।
नालीमा फोहोर, लेदो, इटा तथा ढुंगाहरु भरिँदा सडक अस्तव्यस्त भएको थियो । नालीका कारण बर्सेनि धनगढी डुबानमा पर्ने गरेको छ । स्थानीयले डुबानबाट जोगाउन नियमित सरसफाइ गर्न माग गरेका छन् ।
उप–महानगरपालीकाले आगामी बर्षसम्म नाली सफा गरिसक्ने जनाएको छ । धनगढी उप–महानगरपालीकाले एक सातादेखि नाली सफा गर्न कामदारहरु खटाएको छ ।