काठमााडौं, २० असार । सांसदहरुले डाक्टर गोविन्द केसीलाई गैह्र न्यायिक नियन्त्रणमा राखेर सरकारले मानवअधिकारको गम्भीर उलंघन गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले व्यक्तिको आधारभुत स्वास्थ्य सेवा लिन पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरि डाक्टर केसीलाई नियन्त्रणमा लिने काम भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
स्वास्थ्य सेवा र शिक्षामा सुधारका लागि विभिन्न माग राखेर जुम्लामा अनसन बस्न पुगेका डाक्टर केसीलाई हिरासतमा लिनु र हिरासतमै अनसन बसेकालाई कभर्ड हलमा लगेर छोडेको भन्दै सांसदहरुले मानवअधिकारको प्रत्याभुति गर्दै डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसंग माग गरे ।
सांसद भिमसेन दास प्रधानले डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद भरत कुमार शाहले वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद बिमल कुमार श्रीबास्तवले बाढी पहिरोको क्षतिको विवरण सदनलाई जानकारी गराउन सरकारसंग माग गरे ।
सांसद बिमला नेपालीले इन्धनमा पटक पटक मुल्य वृद्धि भएको भन्दै त्यसले सर्वसाधरण जनतालाई प्रत्येक्ष मार परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेश बस्नेतले नेपाली सेना भित्र सबै क्षेत्रमा अनियमिता भएको भन्दै रक्षा मन्त्रालयको ध्यानाकर्षण गराए । उनले प्रमुख सेनानिबाट महासेनानीमा बढुवा गर्दा अनियमिता भएको, मानार्थ उपसेनानी पनि नदिईएको, सकल दर्जालाई गुणस्तरहिन रासन दिईएको तथा महिला सेनालाई महिला मैत्रि बातावरण उपलब्ध नभएको तथा रासन खरिद लगायतमा अनियमितता भएको अाराेप लगाए ।
सांसद मिन बहादुर विश्वकर्माले विराटनगरको रानी देखि संखुवासभाको किमाथांकासम्म जोड्ने राजमार्ग अन्र्तगत धरानको उत्तर तर्फको बजार भत्कने संभावना भएकाले बैकल्पिक राजमार्गका लागि स्याउती खोलाको किनार प्रयोग गर्ने भनि विगत सरकारले गरेको निर्णयलाई वर्तमान सरकारले रोकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद योगेश भट्टराईले ताप्लेजुंग जिल्लाका अधिकांश सरकारकी कार्यालय त्यहाँबाट विस्तारित गर्ने भन्ने कुरा आईरहेको भन्दै अहिले जिल्लामा कायम भएका कार्यालयहरु यथावत संचालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रंगमति शाहीले हिमाली जिल्लामा पनि शिक्षा आयोगको परीक्षा केन्द्रको व्यवस्था गर्न माग गरे ।
सांसद राजेन्द्र कुमार केसीले राजधानीका सार्वजनिक जग्गाहरु अतिक्रमणको चपेटामा परेको भन्दै संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले त्यस्तै अतिक्रमणको चपेटामा परेको त्रिभुवन पार्कलाई तत्काल स्थानीय सरकारलाई हस्तान्तरण गर्न सरकारसंग माग गरे । डाक्टर केसीलाई बाँच्ने अधिकारबाट बन्चित गरेको भन्दै उनको स्वास्थ्य सेवा लिन पाउने नागरिकको अधिकार प्रत्याभुत गरी जीवन रक्षा गर्न माग गरे ।