नेपालमा अमेरिकी डलरको भाउ महंगियो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

नेपालमा अमेरिकी डलरको भाउ महंगियो

एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ  –

काठमाडौं, १९ असार । भारतीय मुद्राको प्रभावले डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । केही समययता भारतभन्दा अमेरिकाको आर्थिक बृद्धिदर उच्च भएपछि भारतीय मुद्रा कमजोर बनेको छ ।

भारतसँग स्थिर सटही दर भएकाले नेपाली रुपैयाँ पनि कमजोर बनेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार १ डलरको बिक्रि मुल्य ११० रुपैयाँ ३८ पैसा पुगेको छ ।

डलरको खरिद मूल्य भने १०९ रुपैयाँ ७८ पैसा रहेको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १ डलरको बिक्रि मूल्य ११० रुपैयाँ २८ पैसा पुगेको थियो । अमेरीकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपालमा डलरको भाउ महंगिएको केन्द्रीय बैंकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);