खटाएको ठाउँमा नजाने कर्मचारीलाई साउनदेखि विदा : लालबाबु | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

खटाएको ठाउँमा नजाने कर्मचारीलाई साउनदेखि विदा : लालबाबु

काठमाडौं, १६ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई विदाका लागि तयार हुन चेतावनी दिएका छिन् ।

मन्त्रालय र उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनूगमन समितिले शनिबार नेपालगञ्जमा आयोजना गरेको प्रशासनिक पुनर्संरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिति र तहगत अन्तरसम्बन्ध बिषयक अन्तरक्रियामा मन्त्री पण्डितले यस्तो चेतावनी दिएका हुन् ।

साउनपछि दरबन्दी भएको स्थानबाट मात्रै कर्मचारीले तलब पाउने उनले बताए । हाल केही कर्मचारीहरु खटाएको ठाउँ नजाने र काठमाडौंमा हाजिर गरेर दिन बिताईरहेको भन्दै मन्त्री पण्डितले साउन १ गतेदेखि खटाएको ठाउँमा नजानेको कर्मचारीलाई विदा गरिदिने बताएका हुन् । कर्मचारीले धेरै अटेर गरे युवालाई भर्ना गर्न सरकार तयार रहेको उनले बताए ।

गाउँसभाको अघिल्लो दिन प्रमुख प्रशासकीय अधिकृत काम छोडेर राजधानी आएको बताउँदै मन्त्री पण्डितले नेताको भनसुनमा राम्रो ठाउँमा जान्छु भन्ने कर्मचारीलाई मन्त्रालयको कम्पाउण्डमा प्रवेश समेत गर्न नदिने चेतावनी दिए ।

सुत्केरी, गर्भवती, मुटुको भर्खरै अप्रेशन गरेका, किमो लिईरहेका कर्मचारीलाई भनेको स्थानमा सरुवा गर्न तयार रहेको उनले बताए । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र दाङका प्रशासनिक नेतृत्व तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल लगायतले सङ्घीयताको सवालका लागि प्रदेश र स्थानीय तह बलियो हुनुपर्नेमा जोड दिए । छलफलमा सहभागी स्थानीय तहका प्रमुख र उपप्रमुखले कर्मचारीको छिटोभन्दा छिटो ब्यवस्थापन गर्न आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);