मोरङ, ३ भदौ । बिगत एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ। बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि बन्द भएको विराटनगर विमानस्थल आजबाट सञ्चालनमा आएको हो।
धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए।
आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन। अब विमानस्थल केही सफा भएपनि यस क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन भने अझै एक महिना लाग्ने बताइएको छ।




