काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टीका नियमावली मस्यौदा पारित नहुँदा अन्यौता सृजना भएको छ । पार्टी स्थायी कमिटीबाट नियमावली मस्यौदा पारित नहुँदा प्रदेश, जिल्ला कमिटी, नगर कमिटी र गाउँ कमिटीको गठन हुने संख्या र प्रक्रिया अगाडि बढन सकेको छैन् ।
पार्टी एकता भएको डेढ महिना वितिसक्दा पनि पार्टीको नियमावली मस्यौदा पारित हुन सकेको छैन् । नेकपाका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको व्यस्थता र हाल अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारको क्रममा देश बाहिर रहेका कारण नियमावली पारित हुन सकेको छैन् ।
पार्टी एकीकरणपछि पहिलो पटक गत असार २ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि गर्दै उक्त मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय, सुझावहरु दिने र केन्द्रीय सचिवालयले ती राय–सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५ दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने निर्णय भएको थियो ।
तर नेताहरुको कार्य व्यवस्ताको कारण नियमावली मस्यौदा पारित हुन सकेको छैन् । जसको कारण पार्टी एकता भएसँगै निर्माण हुने कमिटीहरुमा अन्यौलता सृजना भएको छ । नेकपाले तीन महिनाभित्र पार्टी अन्तर्गत रहने संगठन र भातृ संगठनको एकता प्रक्रिया टुंगो लगाउने बताएको छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।