काठमाडौं, १६ असार । असार १५ गते राष्ट्रिय धान दिवस किसानले धान रोप्ने मुख्य दिन पानी नपरेर किसान चिन्तित भए पनि मौसमविद्ले भने यो वर्ष पनि अपेक्षित रूपमै वर्षा हुने बताएका छन् । ‘प्रि–मन्सुन’को अन्त्यतिर निकै वर्षा भएकाले रोपाईँ भएका केही खेतमा खडेरीले रोपो मर्ने हो कि भन्ने चिन्ता किसानमा छ । तर मौसमविद्ले भने अब दुई तीन दिन भित्रै मनसुनी वर्षा सक्रिय हुने सम्भावना रहेको जानकारी दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखका मौसमविद् मीनकुमार अर्यालका अनुसार वर्षा मौसममा नेपालमा पानी पार्न महत्वपूर्ण मानिएका न्यून चापीय प्रणाली हाल सक्रिय हुने क्रममा रहेको र यसले गर्दा दुई तीन दिन भित्र मौसम सक्रिय हुन सक्छ र पानी पर्न थाल्छ ।
मौसमको अबस्थाबारे जानकारी दिँदै अर्यालले भने “न्यून चापिए प्रणाली भारतको ‘वे अफ ट्रिपेल्ट’ अर्थात भारतको उत्तरी भेगमा नर्मल अवस्थामा नै रहेको र त्यो एक दुई दिनभित्र नेपालतर्फ आउने सङ्केत देखिएकाले केही दिनमा नै वर्षा सक्रिय हुन सक्छ । ”
असार १५ गते भई सक्दा पनि मनसुनी वर्षा खासै सक्रिय नभइरहेका बेला कतै यो वर्ष असार साउनमा कम पानी पर्ने त होइन भन्ने शङ्का गरिएको विषयमा उनले भने , “ प्रिमन्सुनको अन्त्यतिर केही बढी पानी परे पनि यो वर्ष औसत वा सो भन्दा बढी नै वर्षा हुने अनुमान साउथ एसियन आउटलुक फोरकास्टिङले यस अघि नै गरेको छ त्यसैले अहिले नै अत्तिनु पर्ने अवस्था छैन ।”
अर्यालले अगाडि बताए , “सामान्यतया जुन महिनामा औसत वर्षा नै हुने हो र जुलाई र अगस्ट महिनासक्रिय वर्षा हुने महिना हुन त्यसैले अब जुलाई सुरू लाग्यो वर्षा हुन्छ । ” सो महाशाखाले शुक्रबार एक विज्ञप्ति जारी गरी तीन दिन भित्र देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्का अनि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।