उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा ! | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा !

goal

काठमाडौं, ११ असार । संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ ।

नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर र आपसमा बाजी राखेर रमाइरहेका छन् । आफ्नो टिमको विजय–पराजयमा मानसिक तनाव त छँदैछ । विश्वकपमा जापानले गोल गरेलगत्तै डा. सरोजप्रसाद ओझाले आफ्ना जापानी साथी डा. युकीलाई फोन गरेर बधाइ दिए । तर, डा. युकीले अनभिज्ञता प्रकट गर्दै भने, ‘ए, हो र मलाई थाहै थिएन ।’ आफ्नै देशले गोल हानेको समेत थाहा नपाएको सुनेर डा. ओझा छक्क परे ।

वरिष्ठ मनोचिकित्सक समेत रहेका डा. ओझा अरु देशका तुलनामा नेपालमा फुटबलप्रेमी बढ्दै गएको बताउँछन् । ‘एक जना अर्जेन्टिनाका नेपाली फ्यानले आत्महत्या प्रयास गरेको सुनेको छु’, डा. ओझाले भने, ‘झापाका एक युवाले अत्यधिक मदिरा सेवन गर्दा बेहोस भएपछि अस्पताल नै भर्ना गर्नुपर्यो ।’ आजको अन्नपुर्ण पोष्टमा यो खबर छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);