बारा, १० असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका लागि १० हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् ।
बारामा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभामा मन्त्री पण्डितले स्थानीय तहमा १० हजार कर्मचारी पठाउने तयारी भइरहेको बताए । जनताले प्राप्त गर्ने सेवामा कुनै अवरोध नहुँने गरि कर्मचारी परिचालन उनको भनाइ छ ।
मन्त्री पण्डितले राज्यलाई ढाँटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ती नपाउँने चेतावनी दिए । संघीय संरचना पछि बनेको तीन तहको सरकारबाट जनताको चाहना धेरै रहेकाले जनताका लागि काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।