अमेरिका र चीनबीच व्यापार युद्धको दायरा बढ्दै | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

अमेरिका र चीनबीच व्यापार युद्धको दायरा बढ्दै

एक हप्ताभित्र स्वीडेनको अर्थतन्त्र बराबरको रकम चीनलाई घाटा –

एजेन्सी, ९ असार । चीन र अमेरिकाबीच व्यापार युद्धको दायरा बढ्दै गएको छ । चीनको सेयर बजारमा यसको भारी असर परेको छ । ‘ट्रेड वार’का कारण स्वीडेनको अर्थतन्त्रजति एक हप्ताभित्र चीनको रकम डुबेको छ ।

यो वर्षको जनवरीको तुलनामा सांघाइ कम्पोजिट इन्डेक्समा १९ प्रतिशतले गिरावट आएको छ । शुक्रबार २,८८०.७६ को अंकमा आएर बन्द भएको छ । चीनका सेयर लगानीकर्ता निकै डराएका छन् । उनीहरु सेयर किन्न छाडेर बेच्नतिर जोड गरिरहेका छन् ।

चीनको सेयर बजारमा देखिएको यस किसिमको असर सन् २०१५ पछि पहिलो पटक हो । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार चिनियाँ सेयर बजारमा यो हप्ता ५१४ अर्ब डलर घाटा भएको छ, जुन रकम स्वीडेनको अर्थव्यवस्था बराबर हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको २०० अर्ब डलरमा अतिरिक्त शुल्क लगाउने चेतावनीपछि चीनले यो घाटा बेहोर्नुपरेको हो । सांघाइ कम्पोजिटमा पछिल्ला दुई वर्षभित्र ३४ प्रतिशतले सुधार आएको थियो ।

ब्लूमबर्गको एउटा रिपोर्टका अनुसार ट्रेड वारका कारण चिनियाँ बजारप्रति विदेशी लगानीकर्तासमेत सशंकित बनेका छन् । विदेशी लगानीकर्ताले गत मंगलबार ३०६.३ अर्ब युआन बराबरको सेयर बेचेका थिए भने बिहीबार ८३४.३ मिलियन युआन बराबरको सेयर बेचेका चिनियाँ सञ्चारमाध्यमको रिपोर्टमा जनाइएको छ ।

सांघाइ कम्पोजिटमा भारी गिरावटका कारण यसको असर संसारका कमजोर सेयर बजारसम्म पर्दै गएको छ । चीनले भने अमेरिकालाई जवाफ दिने बताउँदै आएको छ । आगामी साता यो व्यापार युद्धको असर अमेरिकी सेयर बजारमा पनि देखिने विश्लेषकहरुले बताएका छन् ।

अमेरिकाले सुरु गरेको यो स्थितिले ‘शीत युद्ध’को रुप लिने सक्ने चेतावनी पनि विश्लेषकहरुले दिएका छन् । चीन र अमेरिका संसारका सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । दुई देशबीच तनाव लम्बिएमा यसको असर संसारका सबै मुलुकको अर्थतन्त्रमा पर्नेछ ।

वाल स्ट्रीट जनरलको रिपोर्टअनुसार भियतनाम र फिलिपिन्सको सेयर बजारमा पनि भारी गिरावट आएको छ । निक्केइ एसियन रिब्युका अनुसार अमेरिकाले जुन बेलादेखि स्टील र आल्मोनियममाथि अतिरिक्त शुल्क लगाउने घोषणा ग¥यो, त्यतिबेलो देखिनै विभिन्न मुलकका सेयर बजारमा ७८ खर्ब डलरको गिरावट देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);