काठमाडौं, ९ असार । सातवटै प्रदेशमा प्रदेश सरकार अन्तर्गत रहने निर्देशनालयहरु र त्यसको संख्या निर्धारणको तयारी अघि बढाइएको छ । केन्द्र सरकारअन्तर्गतका क्षेत्रीय निर्देशनालयहरु खारेज गर्दै सो तयारी अघि बढाइएको हो ।
संघको मन्त्रालय अन्तर्गत विभागहरुको टुंङ्गो लगाइएपछि सरकारले प्रदेश सरकार अन्तर्गत रहने निर्देशनालय त्यसको संख्या निर्धारणको गृहकार्य अघि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।
अहिले निर्देशनालयको विषयमा मन्त्रालयले छलफलमा चलिरहेको छ । असार १५ गतेसम्म निर्देशनालयको टुंङ्गो लगाउने लक्ष्य रहेको छ । अहिले मन्त्रालयले प्रदेश सरकार अन्तर्गत निर्देशनालयहरु मन्त्रालय पठाउने क्रम जारी छ । यसबारे अध्ययन छलफल भइरहेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता अधिकारीले भन्नुभयो–‘त्यसको अध्ययन पछि केन्द्र अन्तर्गत विभाग रहे जस्तै पछि प्रदेशको मन्त्रालय अन्तर्गत ती निर्देशनालयहरु सख्या निर्धारण गर्नेछौं ।’
प्रादेशिक विकासका लागि सरकारले प्रदेश मन्त्रालयअन्तर्गत रहने निर्देशनालयहरु निर्धारण गर्न लागेको हो । हाल रहेका प्रादेशिक मन्त्रालयले दिने निर्देशन र प्रादेशिक विकासका योजनाहरु निर्देशनालयले कार्यान्वयन गर्न निर्देशनालय चाहिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिए।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।