राष्ट्रिय एकताको पक्षमा उभिन मन्त्री पोखरेलकाे आव्हान | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

राष्ट्रिय एकताको पक्षमा उभिन मन्त्री पोखरेलकाे आव्हान

काठमाडौं, ७ असार । कार्यवहाक प्रधानमन्त्री र्ईश्वर पोखरेलले राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई आव्हान गरेका छन् । सम्वृद्ध नेपाल सुखी नेपालीको एक सुत्रिय नाराका साथ अघि बढेको सरकारले राष्ट्रिय एकताका लागि राजनीतिक अभियान नै चलाईरहेको उल्लेख गर्दै उनले एकता पक्षधरहरुलाई एकठाउँमा उभिन आग्रह गरेका छन् ।

सामाजिक सद्भावको जगमा टिकेको राष्ट्रिय एकतालाई तोड्ने प्रयास भईरहेको भन्दै उनले त्यस विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । चौथो विश्व योग दिवसको अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले योगको बास्तविक अर्थ जोड्नु रहेको उल्लेख गर्दै योगसाधनालाई विस्तार र विकास गर्दै समाज रुपान्तरण र मुलुकको विकासमा सबैलाई एकसुत्र बनाउदै जानुपर्ने बताए ।

कार्यक्रममा योग गुरु हरि प्रसाद पोखरेलले चिकित्साशास्त्रको रुपमा योग साधनालाई विकास गर्दै लैजानुपर्ने बताए । कार्यक्रममा मानव जिवनमा योग साधनाको महत्व र विभिन्न आयामका बारेमा चर्चा गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);