प्रेटोलको मूल्य बढेसँगै अटोरिक्सा चालकको पेशा संकटमा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

प्रेटोलको मूल्य बढेसँगै अटोरिक्सा चालकको पेशा संकटमा

autorickshaw

खगेन्द्र घिमिरे
झापा, ६ असार । झापामा सजिलो र छिटो यात्राका लागि अटोरिक्साको प्रयोग गरिन्छ । तर, प्रेटोलियम पदार्थको मूल्य बढेसँगै अटोरिक्सा चालकहरुले पेशा नै संकटमा परेको गुनासो गरेका छन् ।

झापका रिक्सा चालकले बैंकबाट ५ लाख भन्दा धेरै ऋण झिकेर अटोरिक्सा खरिद गरेका थिए । सजिलो र छिटो यात्राका लागि यात्रुले अटोरिक्साको प्रयोग गर्ने गरेका छन् । तर सोचे अनुसार आम्दानी नभएपछि बैंकको किस्ता तिर्न समस्या भएको चालकहरुको भनाइ छ । प्रेटोलियम पदार्थको भाउ बढ्दै गएपछि अटो चलाएर पेट्रोल खरिद र अटोको मर्मत खर्चमा सकिन थालेको उनीहरुको गुनासो छ ।

झापामा ब्याट्रिबाट चल्ने सिटी रिक्सा भन्दा प्रेटोलबाट चल्ने अटो रिक्साको संख्या धेरै छ । झापामा मात्रै दुई हजार भन्दा बढी अटो रिक्सा दर्ता भएर सञ्चालनमा रहेको छ । कतिपय युवाहरुले विदेशको मोह त्यागेर अटो रिक्सा चलाउन थालेका छन् । तर, अटो रिक्साको व्यवस्थापन नहुँदा लाखौं लगानी खेर जान लागेको भन्दै रिक्सा चालक चिन्तित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);