मनसुन सक्रिय हुन ढिलाइ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

मनसुन सक्रिय हुन ढिलाइ

monsoon

काठमाडौं, ६ असार । पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन ।

कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन बितिसक्दा पनि मनसुन पूर्वी नेपालमै केन्द्रित छ ।

अझै पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पौडेलले बताए । बुधबार उपत्यकासहित पूर्वी नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने पौडेलले बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);