जागिर भन्दा तरकारी खेतीले दियो खुसी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

जागिर भन्दा तरकारी खेतीले दियो खुसी

tarkari kheti

काठमाडौं, ५ असार ।  गाउँका अधिकांश युवा कमाउन विदेश जाने क्रम बढेको बेला तानसेन १४ अर्गलीका निर्मल रानाले तकारी खेतीबाट डेढ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।

आफ्नै र भाडामा गरी १५ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गर्नुभएको उहाले अहिले वार्षिक २२ लाख रुपियाँ बराबरको तरकारी विक्री गर्न सफल हुनुभएको हो ।

दुई बर्षदेखि व्यावसायकि तरकारी खेतीमा लाग्नुभएका रानाको बारीमा भएका तरकारी विरुवालाई डेढ महिनाअघि परेको असिनाले असर गरे पनि अहिले बोडी भिण्डी, करेला कांक्रा, खुर्सानी टमाटार लटरम्म फलेका छन् ।, आजको गोरखापत्र दैनिकमा यो खबर छ ।