विकास निर्माणमा कमसल सामग्री प्रयोग गरे १० बर्ष कैद | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

विकास निर्माणमा कमसल सामग्री प्रयोग गरे १० बर्ष कैद

jail

काठमाडौं, ४ असार । विकास निर्माणका क्रममा निर्माण व्यवसायीले कमसल सामान प्रयोग गरे १० वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने छ । नयाँ पत्रिकाको समाचार अनुसार आगामी भदौ १ देखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ को फौजदारी संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

मुलुकी एने ०७५ फौजदारी संहिता ऐनको दफा २५० मा निर्माणसम्बन्धी काम वा अन्य कुनै पनि जिम्मेवारी लिएका व्यक्तिले बेइमानीपूर्वक निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिणाम घटीबढी पारी काम गर्न गराउन नहुने उल्लेख छ। आजको नयाँ पत्रिकामा खबर छ ।