काठमाडौं, ३ असार । मोरङको विराटनगर महानगरपालिकाले अदालतमा विचराधीन रहेको एक घर भत्काएको छ ।
महानगरपालिकाले विराटनगर ११ कैशलिया रोडस्थित लिलादेवी साहको घर अदालतमा विचराधीन रहेको अवस्थामा भत्काएको हो । विराटनगरकै दुखी पासवानले सो जग्गामा बनेको घर आफ्नो स्वामित्व रहेको भन्दै आदलतमा मुद्दा हालेका थिए । जिल्ला अदातल मोरङले २०७० मा र तत्कालिन पुनारावेदन अदालत विराटनगरले २०७१ मा पासवानको पक्षमा फैसला गरेको थियो ।
तर साहले २०७० सालमा आफुले सो जग्गा किनेको दाबी गर्दै साहले सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । महानगरको कानुन शाखामा साहले उजुरी दिएपनि उपप्रमुखलाई जानकारी नै नगराई प्रमुख प्रशासकिय अधिकृतले भत्काउन आदेश दिएको पीडित परिवारको भनाइ छ । सर्वोच्चले फैसला नगर्दासम्म भोगचलन गर्दै आएको घर तोडफोड नगर्न पीडित परिवारले माग गरेका छन् ।