सरकारले संविधान उल्लंघन गरेको रिजालको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सरकारले संविधान उल्लंघन गरेको रिजालको आरोप

minendra rijal

काठमाडौं, ३१ जेठ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले नै संविधान उल्लंघन गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चदै गएको अरोप लगाए ।

रिजालले सरकारका सबै निकायबाट धम्क्याउने, थर्काउने काम भएको भन्दै दूईतिहाईको दम्भ देखाए सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । संविधानमा सभामुख र उपसभामुख भिन्न–भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउदा अग्रपंक्तिमा बसेकाले नै अहिले सोही व्यवस्थाको गलत व्याख्या गरेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए ।

मन्त्रालयको तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा रिजालले आपत्ती जनाए । उनले पर्यटन मन्त्रालयले वेभसाईटमा तस्वीर थप्नेबाहेक उल्लेख्य काम गर्न नसकेको भन्दै भैपरि आउने शिर्षकमा राखिएको १० करोड बजेट कटौतिको माग गरे । २० लाख पर्यटक भित्र्याउने भनिएपनि त्यसका लागि कुनै आधार र काम पर्यटन मन्त्रालयले गर्न नसकेको उनको टिप्पणी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);