बाढी, पहिरो र डुबानमा परी १० अर्ब १७ करोड बढि पशुधनको क्षति | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

बाढी, पहिरो र डुबानमा परी १० अर्ब १७ करोड बढि पशुधनको क्षति

काठमाडौं, २ भदौ । पशुपन्छी विकास मन्त्रालयलले बाढी, पहिरो र डुबानमा परी सवा दश अर्ब बराबरको पशुधनको क्षति भएको जनाएको छ । मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० अर्ब १७ करोड ८८ लाख बराबरको पशुधनको क्षेति भएको अनुमानित विवरण सार्वजनिक गरेको हो ।

 

शुक्रबारेसम्म प्राप्त वितरण अनुसार पशु र पशुजन्य सामग्री नष्ट हुँदा करिव १ अर्ब ३७ करोड ७८ लाखको क्षति भएको पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले जानकारी दिए ।

 

त्यसैगरी पशुजन्य उत्पादनतर्फ २ अर्ब ५० करोड १० लाख बराबरको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । मन्त्री थारुले पशुधनको क्षतिको विवरण सम्बन्धित जिल्ला पशु कार्यालयबाट लिइएको बताए । मन्त्रालयले पशुजन्य उत्पादनमा पर्ने असरबाट ६ अर्ब बराबरको क्षति भएको अनुमान गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);