काठमाडौं, २९ जेठ । नेपाली काँग्रेस अहिले प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ । संघिय संसद र प्रदेश संसदहरुमा नेपाली काँग्रेस बाहिर छ । काँग्रेस पूर्णरुपमा विपक्षमा बसेको यो पहिलो पटक हो । प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिमा, किन यस्तो बजेट आयो भन्ने प्रस्नमा, उनले काँग्रेस सभापतिको कारण यस्तो बजेट आयो भन्ने जवाफ दिएका थिए । काँग्रेस भित्रकै कुरा गर्ने हो भने सभापति देउवाले पार्टी सुद्धिकरण गर्न पार्टीलाई अन्तर्घात गर्नेलाई कारवाही गर्नुपर्छ भनेका छन् । राष्ट्रिय राजनीतिमा आफ्नो गुमेको छबि र आकार फ़ैल्याउन काँग्रेसले के विधि र प्रक्रिया अपनाउदै छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेसँग गरेको कुराकानी हेर्नुहोस् :




