प्रदेश ५ : सेवा सुविधा सम्बन्धि विधेयक प्रमाणिकरण | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

प्रदेश ५ : सेवा सुविधा सम्बन्धि विधेयक प्रमाणिकरण

pradesh 5

बुटवल, २८ जेठ । प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धि विधेयक प्रमाणिकरण भएको छ ।

प्रदेश पाँचका प्रमुख उमाकान्त झाले उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । विधेयक प्रमाणीकरण भएसँगै जनप्रतिनिधिले तलब भत्ता लिने बाटो खुलेको छ । विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलव भत्ता ४१ हजार, उपप्रमुखको ३६ हजार र सदस्यको १६ हजार तोकिएको छ ।

त्यस्तै उपमहानगरपालिकाका प्रमुखको ४० हजार, उपप्रमुखको ३५ हजार, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार र वडा सदस्यको ९ हजार तोकिएको छ ।

त्यस्तै नगरपालिकाको प्रमुखको मासिक ३५ हजार, उपप्रमुखको ३० हजार, वडा अध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको १३ हजार, सदस्यको ८ हजार र गाउँपालिकाका अध्यक्षको मासिक ३० हजार, उपाध्यक्षको २७ हजार, वडा अध्यक्षको २० हजार, कार्यपालिका सदस्यको १२ हजार र सदस्यको ७ हजार रुपैयाँ तोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);