वित्तिय स्रोत जुटाउन कार्यदल नै गठन गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

काठमाडौँ, २ भदौ । सरकारले गरिवी निवारण कोषको वित्तिय स्रोत जुटाउन कार्य दल गठन गर्ने भएको छ ।

 

शुक्रबार प्रधानमन्त्री एवम् गरिबी निवारण कोषका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कोषको ६८ औं बैठकले वित्तिय स्रोत जुटाउन कार्य दल नै बनाउने घोषणा गरेको हो । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले कोषको वित्तिय स्रोत जुटाउने मुख्य आधार तय गर्न पाँच वटा मन्त्रालयका सचिव आवद्ध रहेको कार्य दल गठन गर्ने घोषणा गर्नु भएको छ । कार्य दलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्थानीय विकास मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव र कोषका एक जना प्रतिनिधि समेत सहभागी रहने व्यवस्था गरिएको छ ।

 

 

गरिबी निवारण कोषले भावी रणनीति तय गर्न भाद्र अन्तिम साता सरोकारवाला निकायहरुबीच उच्चस्तरीय बैठक बोलाउने निर्णय पनि गरेको छ । त्यसैगरी कोषको वित्तिय स्रोतलाई विस्तार गर्ने उद्देश्यका साथ आगामी कार्तिकमा अन्तराष्ट्रिय स्तरको हस्तकलासम्बन्धि गोष्ठी पनि आयोजना गर्ने निर्णय पनि गरिएको छ । कोषले सामूदायिक सशक्तिकरणको कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउन सबै स्थानीय तहसँग समन्वय गरेर अघि बढने निर्णय पनि गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);