काठमाडौं, २८ जेठ । ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षीय विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गर्नुभयो ।
शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उहाँको भनाई छ । कमजोरीकै कारण उहाँको कान र आँखामा असर गरेको छ । बृद्धभत्ता आए स्वास्थ्यमा उपचार गर्न सहज हुने उहाँको धारणा रहेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।