सरकारद्वारा नेपाल प्रहरीमा १५ जना एआईजीको दरबन्दी खारेज | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

सरकारद्वारा नेपाल प्रहरीमा १५ जना एआईजीको दरबन्दी खारेज

office of pm

काठमाडौं, २७ जेठ । सरकारले नेपाल प्रहरीमा १५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी खारेज गरेको छ ।

मन्त्रिपरिषद्को आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले गृहमन्त्री रामबहादुर थापाको प्रस्तावमा प्रहरीमा एआईजीको तीन वटा दरबन्दी मात्र कायम गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार अब महानगरीय प्रहरी आयुक्त कार्यालयको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले गर्नेछन् ।

यसअघिका सरकारले आफू समर्थित अधिकृतको बढुवाका लागि एआईजीको दरबन्दी बढाएका थिए । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी दुई वटामा झारेको छ । मन्त्रीपरिषद्ले नेपाल प्रहरीमा ३ हवार १ सय १ दरबन्दी थप गर्ने निर्णय पनि गरेको छ ।

सरकारले चिनियाँ नाका जोड्ने तीन वटा पुल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणका लागि स्वीकृति दिएको छ मन्त्रिपरिषद् बैठकले चीनसँग उर्जामा सहकार्यका लागि सम्झौता गर्न उर्जा तथा जलस्रोत मन्त्रालयलाई स्वीकृति दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);