७ लाख १० हजार भूकम्प पीडितले लिए पहिलो किस्ताको अनुदान | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

७ लाख १० हजार भूकम्प पीडितले लिए पहिलो किस्ताको अनुदान

४ लाख ८१ हजार ४ घरमध्ये १ लाख ६२ हजार १ सय ८९ घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं, २५ जेठ । घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या ४ लाख नाघेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका कूल ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् ।

यो अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याको ५६ प्रतिशत हो । यद्यपि, दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख ३५ हजार ४ सय पुगिसकेको छ । उनीहरु दोस्रो किस्ता लिनका लागि योग्य भइसकेका छन् ।

पहिलो किस्ता लिने लाभग्राहीको संख्या ७ लाख १० हजार ४३ पुगेको छ । दोस्रो किस्ता लिने समयावधि असार मसान्त नजिकिएकोले पनि घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्या बढेको छ ।

निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धताका कारण घर निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा तीव्रता आएको प्राधिकरणले जनाएको छ ।

दोस्रो र तेस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्ने लाभग्राहीको संख्यासँगै पुनर्निर्माण सम्पन्न र पुनर्निर्माण भइरहेका घरको संख्या पनि बढेको छ । पुनर्निर्माण सुरु भएका ४ लाख ८१ हजार ४ घरमध्ये १ लाख ६२ हजार १ सय ८९ घरको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणको भनाइ छ । जिल्लागत रुपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ६८ हजार ३ सय ११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);