कञ्चनपुर, २४ जेठ । इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र कुस्तीमा सहभागिता जनाउने नेपाली खेलाडीले कञ्चनपुरमा प्रशिक्षण लिरहेका छन् ।
आगामी भदौमा इन्डोनेसियामा हुने प्रतियोगिताका लागि तीन वटा टिमले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको कर्भडहलमा प्रशिक्षण लिइरहेका हुन् ।
भलिबलका जगदिश भट्ट, कबड्डीका तारा भाट र कुस्तीका राजेन्द चन्दले खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा भलिबलतर्फ १६, कबड्डीतर्फ १२ र कुस्तीतर्फ ३ जना राष्ट्रिय टिमका खेलाडी सहभागि छन् । गर्मीका कारण अभ्यासमा समस्या भएपनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुको भनाइ छ ।