काठमाडौं, २३ जेठ । साउदी अरेबीयाका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् ।
सोमबार १० जना महिलालाई सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण गरिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले गत साता साउदी महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिएका थिए । अब यही जुन २४ देखि साउदी अरबमा महिलाले सडकमा सवारी चलाउन पाउने छन् । यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो ।
सोमबार राजधानी रियादसहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई सवारी चालक अनुमतिपत्र वितरण गर्ने कार्यक्रम रहेको साउदी सरकारले जनाएको छ । लाइसेन्स पाएसँगै सडकमा गाडि चलाउने आफ्नो सपना पूरा भएको साउदीका महिलाले बताएका छन् ।