काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी भित्रको कमजोरी सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता पौडेलले मुलुकको राजनीतिलाई सही बाटोमा अघि बढाउन कांग्रेस भित्रै सुधार गर्नुपर्ने खाँचो रहेको बताएका हुन् । उनले कांग्रेसमा सुधार आए मुलुकको राजनीति सही बाटोमा आउने र प्राविधिक शिक्षामार्फत् मुलुकलाई समृद्ध बनाउन सकिने दाबीसमेत गरे ।
नेता पौडेलले नेपाल प्रकृतिले धनि भएको उल्लेख गर्दै त्यसमा प्रविधि भित्र्याउन सके समृद्धिको आधार तय हुने बताए । प्राकृतिक सम्पदाहरुको उचित व्यवस्थापन गरे नेपाल छिट्टै विश्वकै धनि राष्ट्र हुने उनको भनाइ छ ।