काठमाडौं, २० जेठ ।संसदमा बजेट पेश भएको छ र बहसचाहिँ एउटा कुरामा केन्द्रित भएको छ । बजेटले समृद्धिको आकांक्षा पुरा गर्न सक्छ कि सक्दैन भन्ने विषय सहायक विषय भएको छ । सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा विकासको लागि किन ४ करोड दिनुपर्यो भन्ने ठुलो बहस भईरहेको छ । यो विषय बहसको विषय हुनपर्थ्यो कि पर्दैनथ्यो ? चुनावी क्षेत्र विकास भनेर ४ करोड रुपैयाको विनियोजन किन आवश्यक छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता-शासन’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका सांसद, विरोध खतिवडा र पूर्वसांसद तथा काँग्रेस नेता मोहन बरालसँग गरेको कुराकानी हेर्नुहोस् :